सूचनाको शक्ति - The Power Of Information

        

उड्नै लागेको ‘सौर्य’को जहाज धावनमार्गबाटै फिर्ता

इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्य एयरलाइन्सको जहाज फिर्ता भएको छ । मंगलबार बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्नका लागि धावनमार्ग नजिकै पुगेको सौर्यको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको हो ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो । तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलले जनाएको छ । तर, जहाजमा के समस्या देखिएको हो भन्नेबारे परीक्षणपछि मात्र थाहा हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १३:४६