सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

सृष्टि

कसैले पनि आफुलाई भगवानको सृष्टि बताउन सकेनन् ।

भगवान बन्न एक हुल आए
भगवान खोज्न अर्को हुल आए
सबैले उसलाई
संग्रहालयमा राखिएको वस्तु सरह माने
ईश्वरको सृष्टि हेर्न ।
ए मुर्खहरु हेर ईश्वरको सृष्टि
जहाँ उसलाई हेर्न आएका
कसैले पनि
आफुलाई भगवानको सृष्टि बताउन सकेनन्
यहि नै हो ईश्वरको माया र लिला
सृष्टि गर्न त ईश्वरले केवल बीज रोपे
समयले हुर्कायो
र आफुसँग जान मान्दैनन् भन्ने थाहा भएर
मृत्युले पुनर्जन्म हुने झुठो आश्वासन दियो,
त्यसैले धर्मशास्त्र पनि भन्दछ
आमा बाबु भगवान हुन्
पत्नीको पति परमेश्वर हुन्
पतिको पत्नी परमेश्वरी हुन्
यही नै हो
सृष्टिको उत्तपतिको लिला
जहाँ भगवान बाहेक
दोस्रो वस्तु केही पनि छैन
भागवतले भागवत भक्त भगवान बाहेक केही देख्दैन
भन्नुको उद्देश्य पनि यही हो
भक्तले भगवानभन्दा बाहेक केही देख्दैन भन्नुको उद्देश्य
पनि यही नै हो
उसलाई झुट सुनाउने र आश्वासन दिने
मृत्यु हुन आए
संहारक हुन आए
त्यसैले उ संग्रहालय हेरेर हासिरह्यो
किनकि सृष्टि आफैमा एक संग्रहालय नै हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार ०६:४२