धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु । प्रायले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन् । खासमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो । मानसिक रुपमा त्यस्तो महशुस गरेर धेरैले आफूलाई यो समस्या कहिल्यै समाधान नभएको भनेर अस्पतालको चक्कर काट्छन् ।
किन हुन्छ त्यस्तो महशुस हुन्छ ?
तनाव, थकान र चिन्ताका कारण यस्तो हुन्छ । जसले गर्दा हातखुट्टा तातेको र झमझमाएको महशुस हुन्छ । यसैगरी २० देखि ३० प्रतिशतको हताखुट्टा झमझम गर्नु रोगको कारण पनि हुन सक्छ । डायबिटिज भएको मान्छेलाई यस्तो हुनु सामान्य कारण मानिन्छ ।
अर्काे वाथरोग हो । यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ । नशाकै कारणले पनि हुन्छ कहिलेकाहिँ । कतिपय अवस्थामा जोर्नीहरु, हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ ।
स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भए पनि यस्तो समस्या हुन्छ । चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ । अर्काे कारण सिरिङ्गोमायलिया हो । यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ । कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ ।
किन निदाउँछ हातखुट्टा ?
प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ ।
यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् । यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन् ।
लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ । यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पु¥याउँने काम गर्छ । यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ ।
यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ ।
यही कारण त्यहाँ संवेदना महसुस हुँदैन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ । यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ ।
डाक्टरलाई देखाउने अवस्था
विविध कारणल यस्तो हुने भएकाले ठूलै रोग पो लाग्यो कि भनेर आत्तिने गर्नुहुँदैन । आफूले कति पीर, चिन्ता र तनाव लिइरहेका अवस्था छ त्यतातिर ध्यान दिने र त्यसलाई कम गर्ने पहिलो उपाय हो । प्यारालाइसिसका संकेत देखियो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ ।
यदि निकै कमजोरी महशुस भयो, झमझमाइरहँदा हातले केही समाउन मुश्किल पर्न थाल्यो र हिँड्न मुश्किल भयो भने डाक्टरलाई देखाउनुपर्छ । त्यसैगरी ढाड, गर्धन दुख्यो भने स्पाइनलको समस्या हुन सक्छ । झमmभमाइरहेको अवस्थामा मांशपेशी सुक्दै गए, हत्केला सुक्दै गए भने पनि समस्या जटिल भएको ठान्नुपर्छ ।
यस्तो भए के गर्ने ?
दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन । लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ । सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ । त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ । यसरी प्रक्रियागत रुपमा जाँच गर्दा केही देखिएन भने साइक्याष्ट्रिक र न्युरोलोजिष्ट वा न्युरो सर्जनलाई देखाउनुपर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं