सूचनाको शक्ति - The Power Of Information

        

किन बन्द भए गुण एयरलाइन्सका सबै उडान ?

गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले उडान बन्द गर्न निर्देशन दिएको हो ।

अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउण्डेड गर्न सोमबार नै पत्र पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । गुणका उडान गत बुधबारदेखि नै बन्द छन् । यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो ।

उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ । सिम्रिक एयरलाइन्सका विमानहरू किनेर गुण एयरलाइन्सले हवाई सेवा दिँदै आएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १६:५२