सूचनाको शक्ति - The Power Of Information

        

महिनावारीमा यौन सम्पर्क कति जायज ?

महिनावारी हुँदा यौन सम्पर्क गरेमा गर्भ रहन जाने सम्भावना धेरै नै कम हुन्छ । किनकि महिनावारी भएको समयमा डिम्बाशयबाट डिम्ब निस्केको हुँदेन । साथै पहिला निस्सिकेको डिम्ब र पाठेघरको भित्रि भाग पनि तुहिएर गइसकेको हुनाले त्यसबेला शुक्रकिटसँग निसेचित हुने कुरै भएन ।

तर जुन महिलाको महिनावारी चक्र छोटो छ जस्तै करिब २० दिनमा महिनावारी हुन्छ भने त्यस्ता महिलामा महिनावारी भएको चार–पाँच दिनमा यौनसम्पर्क गरेमा गर्भ रहन सक्छ ।

त्यसैगरी विचार गर्नुपर्ने कुरा के हो भने महिनावारी भएको बेलामा यौन सम्पर्क गर्दा बरु अरु संक्रमित रोग निम्त्याउन सक्छ । त्यसैले महिनावारी भइरहेका बेलामा यौन सम्पर्क नै उत्तम हुन्छ । महिनावरी भएपछि यौनइच्छा घट्न पनि सक्छ र बढ्न पनि सक्छ ।

यो नितान्त व्यक्तिको शारिरीक अवस्थामा भर पर्छ । कुनै अध्ययनमा महिनावारी भएपछि डिम्बाशयबाट डिम्ब निस्केको समयमा यौनइच्छा बढी भएको जनाइएको छ भने अन्य अध्ययनमा केहि महिलाहरुमा महिनावारी भएको बेला रागरसको कारणले गर्दा यौनइच्छा बढेको हुन्छ ।

तर कुनै अध्ययनमा भनेको छ कि महिनावारी भएको समयमा पेट दुख्ने, रिंगटा लाग्ने, मानसिक तनाव हुनेजस्ता समस्या हुनेहरुमा यौनइच्छामा कमी भएको बताइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ०९:३९