बाँके क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभामा निर्वाचित सांसद भण्डारीलाल अहिर यादव लुम्बिनी प्रदेशको कृषि तथा भूमि ब्यवस्था मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्री यादवको आज बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अहिरलाई आइतबार कृषि तथा भूमि ब्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।
यसअघिका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपा नेपालका अहिरलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
सत्यपाटी संवाददाता । बाँके