सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रका चार एसएसपी डिआइजीमा बढुवा

सशस्त्र प्रहरीको सिरियल संख्या १ (इन्सपेक्टरको पहिचो ब्याच)का अधिकारीहरु डिआइजीमा पुगेका छन् । गृह मन्त्रालयले चार एसएसपीलाई डिआइजीमा बढुवा गरेको छ ।

एसएसपीहरु सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापाको डिआइजीमा बढुवा भएको हो । अघिल्लो साता नै सिफारिस भएकोमा उजुरी नपरेपछि उनीहरुको बढुवा भएको हो ।

उनीहरु २०५९ सालको कात्तिक २७ गते भर्ना भएका थिए । सो ब्याचमा नौ जना रहेकोमा चार जना बढुवा भएका छन् । सोमबार उनीहरुलाई दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । उनीहरुमध्ये श्रेष्ठ राष्ट्रसंघीय शान्ति मिसनमा विदेशमा रहेकाले तीन जनाले मात्र फुली लगाउने छन् ।

डिआइजीको बढुवासँगै सशस्त्रमा तल्लो तहमा पनि बढुवाको ढोका खुलेको छ । सशस्त्रको एसएसपी, एसपी र डिएसपी बढुवामा पछिल्ला वर्ष धेरै समय लाग्ने समस्या छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १४:३९