सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट बझाङमा एक जना घाइते

बाघले आक्रमण गर्दा बझाङमा एक जना गम्भीर घाइते भएका छन् । सिमकोट गाउँपालिका–७ चौगानफयाका २८ बर्षीय रामजल शाही बाघको आक्रमणबाट घाइते भएका हुन् । बाघको आक्रमणबाट घाइते शाहीको हात, खुट्टामा गम्भीर चोट लागेको छ ।

उनलाई उपचारका लागि खप्तडछान्ना गाउँपालिका–७ गडरायमा आजबाट सुरु भएको स्वास्थ्य शिविरमा लगिए पनि त्यहाँ उपचार हुुन नसकेपछि जिल्ला अस्पताल सिमखेत लगिएको उनका आफन्त यज्ञबहादुर शाहीले बताए ।

खप्तडछान्ना गाउँपालिकाको खालीगडा भन्ने ठाउँ पुजारी गाउँको जंङ्गलमा बाख्रा चराउन गएका बेला जङ्गलबाट आएको बाघले शनिबार दिउसो शाहीलाई आक्रमण गरेको स्थानीय गगन बहादुर सिंहले जानकारी दिए । कुकुर र गाउँलेहरुले कोलहाल गरेपछि बाघ भागेको सिंहको भनाई छ । शाही उक्त जङ्गलमा लामो समय देखि बाख्रा चराउँदै आएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १३:५८