पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वराजा शाहले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको भन्दै अब आफूहरू मौन रहन नसक्ने बताएका हुन् ।
उनले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव पनि अघि सारेका छन् । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् ।
हेर्नुहोस पूरा सन्देश :
सत्यपाटी संवाददाता । काठमाडौं