सूचनाको शक्ति - The Power Of Information

        

पाँच जना प्रहरी इन्स्पेक्टरलाई काठमाडौं झिकाइयो

नेपाल प्रहरीले उपत्यका बाहिरका पाँच जना प्रहरी इन्स्पेक्टरलाई काठमाडौंमा झिकाएको छ । उनीहरुलाई दरबन्दी रहेका विभिन्न जिल्लाका युनिटबाट राजधानीमा काजमा ल्याइएको बताइएको छ । प्रधान कार्यालयले हिजो काज खटाइएका इन्स्पेक्टरमध्ये जिल्ला प्रहरी कार्यालय बाग्लुङका भुपेन्द्र गिरीलाई प्रहरी वृत्त बालाजुमा काजमा खटाइएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर बेदबहादुर पौडेललाई प्रहरी वृत्त लैनचौर र इलाका प्रहरी कार्यालय धरानका देउप्रसाद लिम्बुलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २, महाराजगञ्जमा खटाइएको छ ।

उता लुुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुरमा दरबन्दी रहेर जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत देवेन्द्रकुमार मल्ल प्रहरी वृत्त, दरबारमार्गमा आइपुगेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुम अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका इन्स्पेक्टर राजिब श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी विशेष सुरक्षा गण त्रिपुरेश्वर काठमाडौंमा झिकाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १५:१७