सूचनाको शक्ति - The Power Of Information

        

उपसचिव र प्रशासकिय अधिकृतसहित २१ कर्मचारी सरुवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न ओहदाका २१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार उपसचिव र प्रशासकिय अधिकृतसहित २१ जना कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका उपसचिव तेजनारायण यादवलाई थारु आयोग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विक्रमप्रसाद पाण्डेलाई डोल्पास्थित ठूलीभेरी नगरपालिका सरुवा गरिएको छ ।

त्यस्तै प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विनोदकुमार दाहाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कृष्ण थापालाई मुसिकोट नगरपालिका रुकुम पश्चिम सरुवा गरिएको छ ।

त्यस्तै राष्ट्रिय महिला आयोगका ओमकार शाहलाई गुलरिया नगरपालिका बर्दिया, मधेश प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका पर्सा सरुवा गरिएको छ ।

त्यसैगरी महाराजगन्ज नगरपालिका कपिलवस्तुका उपसचिव रेश्मीराज अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी, वृन्दावन नगरपालिका रौतहटका उपसचिव खिमबहादुर भुजेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काज फिर्ता गरिएको छ ।

मन्त्रालयका अनुसार जल तथा ऊर्जा आयोगका सिडिई पवन चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, युवा तथा खेलकुद मन्त्रालयका डा.कृष्णबहादुर घिमिरेलाई काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा सरुवा गरिएको छ ।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुलाई सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका, गृह मन्त्रालयका शाखा अधिकृत राजन कँडेललाई पुथा उत्तरगङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ ।

साथै सुर्खेतस्थित सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालाई राप्तीसोनारी गाउँपालिका बाँकेको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने लुम्बिनीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत विपिन क्षेत्रीलाई रुपन्देहीस्थित ओमसतिया गाउँपालिका सरुवा गरिएको छ ।

त्यस्तै ओमसतिया गाउँपालिकाका शाखा अधिकृत सागर गौतमलाई लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सो कार्यालयका दिनेश सिंह ठाकुरलाई धनुषास्थित हंसपुर नगरपालिकोे प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएको छ ।

सरुवा सूचीअनुसार गृह मन्त्रालयका मनिष झालाई रौतहटस्थित माधवनारायण गाउँपालिकाकोे प्रमुख प्रशासकीय अधिकृत, कैलालीस्थित लम्की चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाई चुरे गाउँपालिका कैलालीमा पठाइएको छ ।

त्यस्तै प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शाखा अधिकृत कोविद ढकाललाई ताप्लेजुङस्थित सिदिङ्वा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लगानी बोर्डको कार्यालयका पुण्यप्रसाद भट्टराईलाई बागमती प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १४:२८