सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’ गर्दा मोटी र पातली अनि लिङ्गको आकारले फरक पार्छ ?

धेरै मानिसहरु यौन सन्तुष्टि लिनेका लागि अनेक जिज्ञासा राख्ने गर्दछन् । कतिपय पुरुषले यौन सन्तुष्टिका लागि आफनो लिङ्गको आकार ठूलो हुनुपर्छ भन्ने धारणा राख्छन् ।

सञ्चार माध्यममा गरिने यौन सम्बन्धी विज्ञापनका आधारमा लिङ्गको आकार बढाउन औषधीको प्रयोग समेत गरिन्छ । यसरी लिङ्गको आकार बढाउदैमा यौन सन्तुष्टि नमिल्ने यौन विज्ञ ‘रुसिल आइलस मयान’ बताउँछन् ।

उनले १८ वर्ष देखि २५ वर्षका महिलाहरुमा लिङ्गको लम्बाई र चौडाईले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अनुशन्धान गरेका थिए । सो अनुसन्धानबाट यौन आनन्दमा लिङ्गको आकारले कुनै प्रभाव नपर्ने निष्कर्ष निकाल्यो ।

उनका अनुसार लिङ्ग जस्तो भए पनि यौनको क्लाइटोरिसमा घर्षण हुँदा महिलाहरुले आनन्द पाउँछन् । अमेरिकामा गरिएको अध्ययनमा पुरुषको लिङ्गको लम्बाई उत्तेजित नहुँदा ३, ४ देखि ४, ६ इन्च र उत्तेजित हुँदा ५, ३ देखि ५, ७ हुन्छ ।

यौन सन्तुष्टिका लागि लिङ्गको आकार भन्दा पुरुष र महिलाबीचको प्रेममा भर पर्छ । बजारमा अनेक प्रकारका लिङ्ग बढाउने औषधीहरु पाइन्छन् । यस्ता औषधी प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरु सल्लाह दिन्छन् ।

यौन आनन्दका बारेका कुरा गर्दा मोटी महिला वा पातली महिला भन्ने कुरा पनि मनमा आउन सक्छ । यो कुरा पुरुषको जिज्ञासामा भर पर्दछ । पातलो र मोटी महिलाहरुसँग सम्बन्ध राख्दा कोसँग धेरै आनन्द मिल्छ भन्ने कुरा अनुमान गर्नु पनि सही हुँदैन । जस्तोसुकै महिलाबाट यौन आनन्द लिन सकिन्छ । मोटी र पातली महिलाहरुसँग सम्बन्ध राख्दा कुनै फरक पर्दैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १२:४८