नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको एमाले प्रदेश कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए ।
बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्काशित गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । प्रसाईंले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई राखेर धर्म र राष्ट्रियता बचाउने अभियान सुरु गरेका थिए ।
प्रदेश कमिटीको बैठकमा अनुपस्थित हुने, स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं