सूचनाको शक्ति - The Power Of Information

        

कस्ता पुरुषसँग ‘सेक्स’ गर्न रुचाउँछन् महिला ?

तपाईंहरुले विचार गर्नु भएकै होला वा सुन्नु भएकै होला, कुनै पुरुषसँग धेरै महिलाले सम्बन्ध बनाएका हुन्छन् । अधिकांश महिला उक्त पुरुषप्रति आकर्षित भएका हुन्छन् । विनाकारण त कुनै महिला सम्बन्ध बनाउँदैनन् ।

तर, कुनै पुरुष यस्तो मामिलामा सधैं अघि किन आउँछ त, के कारण होला कि अधिकांश महिला कुनै पुरुषप्रति सेक्सका लागि विशेष रुपमा आकर्षित हुन्छिन् त ? कस्ता पुरुषप्रति महिला सेक्सका लागि आकर्षित हुन्छिन् ?

आकर्षक उचाइ – महिलाहरु आफ्नो जोडी छनोट गर्दा पुरुषको उचाइलाई विशेष ध्यान दिन्छन् । उनीहरु केटाको औसतभन्दा केही माथिको उचाइप्रति आकर्षित हुन्छन् । त्यसका लागि तपाईंको उचाइ १८४–१९५ सेन्टिमिटरको बीचमा हुन आवश्यक छ । एक सर्वेका अनुसार ८० प्रतिशत महिलाले जीवनमा एकपटक अग्लो कद भएका पुरुषसँग सेक्स गर्न चाहेको उल्लेख गरेका थिए ।

‘मस्कुलर’ ज्यान – धेरैपटक देखिएकै सुनेकै कुरा हो कि, अधिकांश महिलाहरु बलियो ज्यान (मस्कुलर बडी) भएका पुरुषप्रति विशेषरुपमा आकर्षित हुन्छन् । यदी कोही पुरुष फिट छ भने उसप्रति महिला आकर्षित मात्र हुँदिनन् सेक्स गर्नलाई पनि लालायित हुन्छिन् । एक महिला सधैं चाहन्छिन् कि, उसको पार्टनर फिट होस् । उसको पेट बाहिर निस्केको नहोस् ।

‘भी’ आकारको ज्यान – यदी तपाईंको शरीरको बनावट वा ज्यान ‘भी’ आकारको छ भने पक्कै पनि स्त्री तपाईंप्रति आकर्षित हुनेछिन् । यो कुरा सर्वेले पनि पुष्टि गरेको छ कि यस्तो ज्यान भएका पुरुष महिलाको नजरमा सेक्सी देखिन्छन् । यस्ता ज्यान भएका पुरुषहरुसँग बढीभन्दा बढी महिला साथी हुने गर्छन् । पहिलो पटकको भेटमै महिला आकर्षित हुने गर्छिन् ।

मिलेको अनुहार – एक आकर्षक अनुहारमा आकर्षित नहुने को होला र ? महिला पनि पुरुषमा एक सुन्दर र मिलेको अनुहार खोज्छन् । पुरुषको बलियो चिउँडो, ठूलो निधार तथा तल्लो बंगार अलि ठूलो भएको अनुहार महिलालाई विशेष मन पर्छ ।

‘बोल्ड’ आवाज – किशोरावस्थामा केटाको आवाज विस्तारै परिवर्तन हुँदै जान्छ । आवाज भारी हुँदै जान्छ । एक ‘बोल्ड’ र ‘कमान्डिङ’ आवाजले महिलालाई विशेषरुपमा आकर्षित गर्छ । यस्ता पुरुषसँग महिला चाँडै आकर्षित हुने र सेक्सुअल सम्बन्ध बनाउन चाहने हुन्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १७:३३