सूचनाको शक्ति - The Power Of Information

        

‘जनयुद्ध दिवस’ अब वार्षिक क्यालेन्डरमा

सरकारले जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा राख्ने निर्णय गरेको छ । पृथ्यी जयन्तीको बिदा दिएसँगै सन्तुलन मिलाउन सरकारले यस्तो निर्णय लिएको हो ।

सञ्चार मन्त्री रेखा शर्माले आजको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको बताउँदै अब दुवै दिवसमा आगामी वर्ष बिदा हुने जानकारी दिइन् ।

उनका अनुसार २०८० सालको सार्वजनिक बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने सरकारले निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १५:४०