केहीदिन उच्च रहेको पहेँलो धातु सुनको भाउ क्रमश ओरालो लाग्न थालेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर एक लाख दुई हजार ५०० झरेको हो ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा १० रुपैयाँले घट्दै एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं