सूचनाको शक्ति - The Power Of Information

        

तपाईको यौन इच्छा हरायो ? अब के गर्ने ?

मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ ।

जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ । यौन इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो । यौन इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर यौन इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन् ।

खासगरी डिप्रेसन रोगका कारण पनि यौन इच्छामा कमी हुन्छ । हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन् । यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ । भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ ।

तपाईंले जिज्ञासामा अन्य कुरा उल्लेख नगरेका कारण तपाईमा पनि कुनै चिन्ता वा तनाव तथा अन्य केही समस्याको कारण यौन इच्छा नभएको हुन सक्ने संका गर्न सकिन्छ । त्यसकारण तपाईले एक पटक चिकित्सककहाँ गएर उचित सल्लाह लिनु राम्रो हुन्छ ।

राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ ।

यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ । यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् ।

तपाईको उमेर भर्खरै ३८ वर्ष भएकाले यो उमेरमा तपाईको यौन जीवन भव्य हुनुपर्ने हो । तर, यो उमेरमा नै तपाईले यौन जीवन स्वस्थ नभएको जिज्ञासामा उल्लेख गरेकाले छिट्टै आफ्नो पाएक पर्ने स्थानमा गएर चिकित्सकलाई आफ्नो समस्याका बारेमा विस्तृतमा बताउन र चिकित्सकको सल्लाहबमोजम जान सुझाब दिइएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ११:४७