सूचनाको शक्ति - The Power Of Information

        

जहाँ गाडी चढेपछि भाडा होइन, यौन सम्पर्क गर्न दिनुपर्छ !

युगाण्डामा एचआइभी विरुद्ध चलिरहेको अभियानमा त्यहाँका युवाहरुले निकै बाधा सृजना गरिरहेका छन् । एक नयाँ अध्ययनमा भएको खुलासा अनुसार त्यहाँका मोटरसाइकल र ट्याक्सी ड्राइभरहरुको क्रियाकलाप त्यहाँको लागि खतरनाक देखिएको छ । यहाँका चालकहरु पैसा लिनुको सट्टा ग्राहकसँग शारीरिक सम्बन्ध बनाइरहेका छन् ।

यो अध्ययन मेकरेरे विश्वविद्यालयको कलेज अफ एजुकेसन एण्ड एक्सटर्नल स्टडिजले गरेको द गार्डियनको रिपोर्टमा उल्लेख छ । युगाण्डामा मोटरसाइकल राइडरलाई स्थानीय भाषामा बोडा बोडा भनिन्छ । यहाँका अधिकांश युवक यो जागिरमा छन् । अध्ययनका अनुसार २८१ मध्ये १२ प्रतिशत राइडर पैसा दिन नसक्ने आफ्ना ग्राहकसँग सम्बन्धमा लिप्त पाइएका छन् ।

६५.७ प्रतिशतले पछिल्लो १२ महिनामा उनीहरुले एक जनाभन्दा धेरै पार्टनरसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् । अध्ययनमा २३ प्रतिशत युगाण्डाका युवाले एकै समय एकभन्दा धेरै पार्टनरसँग सम्बन्ध राख्ने गरेको पाइयो । अध्ययनमा ५७.१ प्रतिशतले सम्बन्धको समयमा कण्डम प्रयोग नगरेको स्वीकार गरेका छन् ।

शोधकर्ता लिलियन बबाजीले अध्ययनको नतिजा सार्वजनिक गर्दै भने, ‘कैयौं पार्टनरसँग सम्बन्ध बनाउनु जोखिमपूर्ण व्यवहार हो, खासगरी कण्डमबिना । किनकि यसबाट एचआइभी, अनिच्छित गर्भाधारण र अन्य किसिमका संक्रामक रोग हुन्छन् ।’ उनले यो अध्ययनका आधारमा युगाण्डाका युवालाई जिम्मेवार लागि जागरुक गर्नुपर्ने आवश्यकता भएको बताए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ११:३२