राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाउन लागेको छ ।
पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाउन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने जान लागेको जनमोर्चाले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ