रुसले युक्रेनमाथि पुनः क्षेप्यास्त्र प्रहार गरेको छ ।
पूर्वी र दक्षिण क्षेत्रमा आक्रमण केन्द्रित गरेको रुसले दोनेत्स्कको सानो शहर बख्मत कब्जा गर्ने गरी क्षेप्यास्त्र प्रहार तीब्र रूपमा गरेकाे हाे । बिहीबारको क्षेप्यास्त्र क्षेप्यास्त्र प्रहारबाट युक्रेनको सबै भन्दा ठूलो तेल प्रशोधन कम्पनी क्रेमेन्चुकमा ठूलो क्षति पुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएकाे छ ।
रुसले बिहीबार ३६ वटा क्षेप्यास्त्र प्रहार गरेकोमा १६ वटा खसालेको युक्रेनको भनाइ छ । तर अन्य क्षेप्यास्त्रहरु युक्रेनी क्षमता भन्दा बाहिरका भएकाले निशानामा खसेको जनाइएकाे छ ।
थ्री केएच थर्टी वान मिसाइल र ओनिक्स एन्टी क्रुज मिसाइल खसाल्ने क्षमता युक्रेनको नरहेको युक्रेनी रक्षा मन्त्रालयले जनाएकाे छ । रुसी आक्रमणको निशाना मख्मत क्षेत्रमा केन्द्रित देखिएकाले उक्त क्षेत्र छिट्टै रुसको कब्जामा जाने खतरा पनि युक्रेनी रक्षामन्त्रालयले व्यक्त गरेको छ ।
यसैबीच, आफ्नो भूमि रुसी सेनालाई प्रयोग गर्न दिने घोषणा गरेको बेलारुसले आफ्नो सेनालाई रुसको पक्षमा लड्न पठाउने भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ