अवैध यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले कोहलपुर तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।
सानिमा क्याफेका सञ्चालक एक जना, तीन जना युवक र एक युवतीलाई पक्राउ गरेको हो । कोहलपुरस्थित बसपार्क नजिकै रहेको सानिमा क्याफेबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
क्याफेमा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने स्थानीयले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान अघि बढाइएको पनि प्रहरी स्रोतको भनाई छ ।
सत्यपाटी संवाददाता । बाँके