सूचनाको शक्ति - The Power Of Information

        

मह र दालचिनीको उपयोगले फाइदै फाइदा

तीन चम्चा मह र एक चम्चा दालचिनीको धूलोको पेष्ट बनाएर राती सुत्ने बेलामा अनुहारमा लगाउनुहोस् । बिहान तातोपानीले धुनुहोस् । दुई हप्तासम्म लगाउने हो भने अनुहारमा चमक आउँछ र दागसमेत हट्छ ।

मह र दालचिनीको उपयोगले प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाउछ । रगतमा सेता रक्त कोषीकाको वृद्धि हुन्छ, जसले भाइरसको आक्रमणबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । यसका साथै जीवणु र भाइरल बिमारीबाट पनि लड्ने क्षमता वृद्धि हुन्छ ।

दालचिनी र महलाई समान परिणाममा मिसाएर एक्जिमा, दाद भएको ठाउँमा लगाउदा निको हुन्छ । यस्तै मह र दालचिनीको धूलोलाई पेष्ट बनाएर रोटीसंग चोबेर खानुहोस् । घिउ या जामको रुपमा यसलाई उपयोग गर्न सकिन्छ ।

यसबाट धमनीमा कोलस्टेरोल जम्मा हुन पाउदैंन र हृदयाघातबाट बच्न सकिन्छ । जसलाई एकपटक हृदयाघात भैसकेको छ, यो तरिकाबाट उपचार गर्दा अर्कोपटकको हृदयाघातबाट बच्न सकिन्छ । यसलाई नियमित उपयोग गरियो भने चाँडो–चाँँडो श्वास लिने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।

मूत्रथैलीको संक्रमण भएमा दुई चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिसाएर तातोपानीसंग खानाले मुत्रनली र मुत्राशयको संक्रमणमा फाइदा पुग्छ । कोलेस्टेरोलको मात्रा बढेको छ भने दुई चम्चा मह र तीन चिया चम्चा दालचिनीको धुलो मिसाएर आधा लिटर मनतातो पानीसंग खानुहोस् ।

यसबाट दुई घण्टामै कोलेस्टेरोलको मात्रा १० प्रतिशत घट्छ । मह र दालचिनीको धूलोको मिश्रण सेवन गरेमा पेट दुखाई र पेटको अल्सर ठीक हुन्छ । दालचिनी र महको प्रयोगले पेटको वायुको पनि समाधान हुन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १२:३१