सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

अस्पतालको बेडमा रहेका सांसद चन्द्र भण्डारीकी आमाको निधन

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीका आमा हरिकला भण्डारीको निधन भएको छ । बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर पण्डिएर गम्भीर घाइते भएका ८६ वर्षकी हरिकलाको उपचारको क्रममा कीर्तिपूरस्थित बर्न अस्पतालमा १०ः५७ बजे निधन भएको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै उनको शरीर ७० प्रतिशत जलेको बताएको थियो । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । तर, उनको पनि अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका थिए । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १२:००