सूचनाको शक्ति - The Power Of Information

        

सिलिण्डर विस्फोट

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि देश बाहिर लैजान सिफारिस

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान सिफारिस गरिएको छ ।

हालको श्रोत र साधनको अवस्थामा उनीहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न कीर्तिपुर अस्पतालले सिफारिस गरेको हो ।

उनीहरूलाई थप उपचारका लागि भारत लैजाने तयारी छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए ।

उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ । भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ ।

भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । भण्डारीका सहयोगी भुवन भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ०९:२९