सूचनाको शक्ति - The Power Of Information

        

कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क ?

साधारणतः यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भन्दछन् । यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको यौनीको मुखमा टासिएर रहेको हुन्छ । यसले यौनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुँदैन ।

सामान्यतया जव केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ । जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ । योनीद्धारको आकार र बनावट महिलाहरुमा फरकफरक हुने भएकोले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छेअनुसार फरक फरक हुन्छ ।

तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौन सम्पर्क नहुदै पनि योनिच्छद फाटिसकेको हुन्छ भने कतिमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिँदैन । र कति पनि रगत नआउन सक्छ ।

यौन तथा प्रजनन् स्वास्थ्यविद्हरुका अनुसार अरु विभिन्न कारणहरु जस्तै शल्यक्रियाको परिणाम स्वरुप, चोटपटक, हस्तमैथुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शारीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कुमारी हुँदाहुदै पनि तिनीहरुको योनिच्छद फाटेको हुन्छ ।

यौन तथा प्रजनन् स्वास्थ्यविद्हरु भन्छन्, ‘योनिच्छद फाटेको आधारमा केटीलाई कुमारी हो होइन भन्नु एकदमै गलत हो ।’ पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले कुमारित्वको कुरा बढी उठ्ने गर्दथ्यो समाजमा ।

यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युवतीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ । कानूनले समेत २० वर्ष पुरा नभइ विवाह गर्न बन्देज लगाएको छ । पढेलेखेको समाजमा यी कुरा आफै हराएर गइरहेको छ ।

तर अहिले पनि ग्रामिण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमारित्वको कुरा हुने गरेको छ । कुमारित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मी बताउँछन् । तर यौनिच्छेदकै आधारमा कुमारी नभएको भन्दै कुनै पनि युवतीलाई आरोप लगाउन भने नमिल्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ०९:०८