सूचनाको शक्ति - The Power Of Information

        

घट्यो वैदेशिक लगानी

चालू आर्थिक वर्षको सुरुवातदेखि मन्दी रहेको वैदेशिक लगानीमा पुस महिनामा सुधार देखिए पनि माघमा भने पुन: लगानी घटेको छ ।

उद्योग विभागका अनुसार माघमा १ अर्ब ३९ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको छ ।

अघिल्लो महिनाभन्दा माघमा ३ अर्ब ४६ करोडले लगानीमा कमी आएको छ । विभागको तथ्यांकअनुसार पुसमा ४ अर्ब ८५ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको थियो ।

संख्यात्मक रुपमा हेर्दा पनि माघमा अघिल्लो महिनाभन्दा लगानी घटेको देखिन्छ । पुसमा विदेशी लगानीका २० परियोजना दर्ता भए पनि माघमा भने १५ वटामात्र दर्ता भएका छन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ०७:४२