सूचनाको शक्ति - The Power Of Information

        

तीन लघुवित्तमा रोजगारीको अवसर

तीनवटा लघुवित्त वित्तीय संस्थाले रोजगारको अवसर खुलाएको छ । जाल्पा सामुदायिक लघुवित्त, किसान लघुवित्त र सिभिल लघुवित्तले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

जाल्पा सामुदायिक
जाल्पा सामुदायिक लघुवित्तले केही संख्यामा कनिष्ठ सहायक माग गरेको हो । सो पदका लागि संस्थाले एसईई उत्तीर्ण तह पास भएको हुनुपर्ने जनाएको छ । इच्छु्क ब्यक्तिले फागुन १६ गतेसम्म संस्थाको वेबसाइट https://jalpamf.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।

किसान लघुवित्त
किसान लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय, अधिकृत र सहायक केही संख्यामा माग गरेको छ । सो पदका लागि लघुवित्तलृ एसइई तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

इच्छुक ब्यक्तिले १५ दिनभित्र संस्थाको वेबसाइट https://kisanlaghubitta.com.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।

सिभिल लघुवित्त
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभागमा कर्मचारी, सूचना प्रविधि।वित्त।आन्तरिक लेखा परीक्षण, अनुगमन अधिकृत, अनुगमन अधिकृत। कलस्टर प्रमुख।शाखा कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुख।फिल्ड सहायक। कनिष्ठ सहायक केही संख्यामा र कार्यालय सहायक एक जना माग गरेको हो ।

सो पदका लागि संस्थाले सामान्य लेखपढदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक व्यक्तिले १५ दिनभित्र संस्थाको वेबसाइट  https://civillaghubitta.com.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १८:०५