सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथको चिसापानीमा चार कोठे बिद्यालय भवन शिलान्यास

बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित सुर्योदय माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन शिलान्यास गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले धार्मिक विधिपुर्वक पुजा गरेर भवनको शिलान्यास गरेका हुन् ।

गाउँपालिकाभित्र रहेका बिद्यालयको भौतिक पुर्वाधार सुधार योजना अन्तरगत भवन निर्माण गर्न लागिएको हो । भवन निर्माण भएपछि शैक्षिक सुधारमा टेवा पुग्ने अध्यक्ष शाहीको विश्वास छ ।

भवनको शिलान्याससँगै एसईइ परिक्षाको पुर्वतयारी बारे निरीक्षण पनि गरेका थिए । सो क्रममा गाउँपालिका अध्यक्ष शाहीसँगै बैजनाथ गाउँपालिका वडा नम्बर १२ का वडाअध्यक्ष रुपबहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १७:४५