सूचनाको शक्ति - The Power Of Information

        

‘म्याकुरी’ले मदिरा पिएर बबाल मच्चाएपछि…

‘म्याकुरी’ नामले परिचित कलाकार पवन खतिवडा पक्राउ परेका छन् । मादक पर्दाथ सेवान गरेर झगडा गरेको आरोपमा उनलाई प्रहरीले बेलबारी नगरपालिका–१ स्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टीकाबहादुर कार्कीका अनुसार उनलाई मंगलबार बेलुका नियन्त्रणमा लिइएको हो । खतिवडाले मातेका बेलबारी–४ का एक युवालाई कुटपिटका क्रममा टाउको फुटाइदिएका थिए ।

कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ । उनीमाथि म्याद थप नगरिएको र आज नै पीडितका आफन्तहरुसँग मिलापत्र गराएर छाड्ने तयारी रहेको डिएसपी कार्कीले बताए । उनले विभिन्न टेलिसिरियलमा काम गर्दै आएका छन् । टेलिसिरियलमा उनी ‘म्याकुरी’ थेगोले उनी चर्चित छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १७:०५