सूचनाको शक्ति - The Power Of Information

        

चीनमा किन सुरु भयो विवाहको न्यूनतम उमेर घटाउने बहस ?

एक प्रख्यात चिनियाँ अर्थशास्त्रीले देशमा घट्दो जन्मदरलाई बढाउनका लागि विवाह गर्न सक्ने पाउने न्यूनतम उमेर घटाउन सरकारलाई आग्रह गरेका छन् । चिनियाँ सामाजिक सञ्जाल उइबोमा ठूलो संख्यामा ‘फलोअर्स’ भएका अर्थशास्त्री रेन जेपिङले यो आग्रह गरेका हुन् ।

यो कदमले जनसङ्ख्या वृद्धिलाई रोक्नका लागि ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने मानिसहरूको सोचाइ परिवर्तन गर्ने उनले बताए । ‘विवाहको लागि कानुनी उमेर घटाउनु भनेको जनतालाई शक्ति फिर्ता गर्नु हो, उनीहरूलाई छनोट गर्ने अधिकार फिर्ता दिनु हो,’ रेनले आफ्नो उइबो खाताको पोस्टमा लेखेका छन् ।

उनले महिलाहरूको न्यूनतम उमेर २० बाट १८ मा झार्न र पुरुषहरूको लागि न्यूनतम उमेर २२ गर्न सुझाव दिएका छन् । ‘मानिसहरूले स्वतन्त्र रूपमा छनौट गर्न सक्षम हुनुपर्दछ । अठार वर्षको उमेरमा उनीहरूलाई विवाह गर्न बाध्य पार्नु आवश्यक छैन,’ उनले लेखे । कानुनी उमेर घटाएमा अधिकारीहरूले मानिसहरूलाई पहिले विवाह गर्न दबाब दिन थाल्छन् भन्ने डर लिनु हुदैन उसको तर्क छ ।

चिनमा १९८० र २०१५ बीचको ‘एक–बच्चा नीति’को समयमा व्यापक रूपमा जबरजस्ती गर्भपतन÷जबरजस्ती नसबन्दी गरिएको थियो । यो नीतिको कडा कार्यान्वयनबाट जन्म कोटाको प्रयोग गर्दा धेरैलाई चिन्तित बनाएको थियो । यस्तै दमनकारी उपायहरूले थप जन्महरूलाई ‘उत्साहित’ गर्न सकेन÷अहिले जनसंख्या घट्दै गएको छ ।

त्यो नीति देशको जनसंख्या वृद्धिलाई सुस्त बनाउन र आर्थिक विकासलाई व्यवस्थित गर्ने प्रयास थियो । यद्यपि सरकारले २०२१ मा दम्पतीहरूले तीनवटा बच्चाहरू जन्माउन सक्ने बताएको थियो । विवाह दर तीव्र गतिमा घट्दै गएको छ । गत वर्षको ८.१४ मिलियन विवाहको तुलनामा २०२१ मा लगभग ७.६४ मिलियन विवाह दर्ता भएका छन् ।

रेनका अनुसार पछिल्लो दशकमा चीनमा गर्भपतन पछि लिङ्ग असन्तुलन, परिवार हुर्काउनको लागि उच्च लागत र विवाह कस्तो हुनुपर्छ भन्ने कुराको परिवर्तनले यो प्रवृत्तिलाई चलाइरहेको छ । रेनले घरलाई सहयोग गर्न र युवा परिवारहरूलाई सहयोग गर्न अनुदानको लागि आह्वान गरेका छन् । यस्तैै धर्मपुत्र ग्रहण गर्ने र एकल महिलालाई बच्चा जन्माउने अनुमति दिने सम्बन्धमा थप सहज नियमहरू आवश्यक रहेको उनले बताएका छन् ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले प्रकाशित गरेको तथ्याङ्क अनुसार चीनको जनसङ्ख्या ६० वर्षमा पहिलो पटक गत वर्ष घटेको छ । जसमा ९.५६ मिलियन शिशु जन्मेका छन् भने १०.४१ मिलियन मृत्यु भएको छ । सन् १९६१ पछि यो पहिलो गिरावट थियो । माओ त्सेतुङको ‘ग्रेट लीप फर्वार्ड’को समयमा असफल आर्थिक नीतिहरूले ल्याएको अनिकालको सो अन्तिम वर्ष थियोे ।

चीनलाई कृषिप्रधान समाजबाट एक औद्योगिक समाजमा रूपान्तरण गर्ने ‘ग्रेट लीप फर्वार्ड’ अभियान जुन विपत्तिमा समाप्त भयो । यो पक्कै पनि राम्रो विचार होइन,’ पूर्व हाईस्कूल शिक्षक गुओ जियानले भने, ‘कम उमेरका किशोरहरूलाई पनि विवाह गर्न अनुमति दिनु गल्ती हुनेछ किनभने तिनीहरू त्यो उमेरमा पर्याप्त परिपक्व हुँदैनन् ।’

वर्तमान मामिलाका टिप्पणीकार फाङ युआनले भने कि रेनले वास्तविक जीवनका कथाहरूबाट प्रेरित नभई जनसंख्याको समस्यालाई मात्र मुख्य रूपमा आर्थिक सोचबाट हेरेको देखिन्छ । ‘यो देश चलाउनका लागि मानिसहरूलाई औजारको रूपमा हेर्ने सोच हो,’ फाङले भने । गत वर्षको जनसङ्ख्याको तथ्याङ्क प्रकाशित भएदेखि धेरै प्रान्त र सहरहरूले घट्दो जन्मदरलाई पछ्याउँदै आएका छन् ।

दक्षिण पश्चिमी महानगर चोङकिङले गत वर्ष ३१ मिलियन जनसङ्ख्यामा दुई लाखभन्दा कम नयाँ जन्मको रिपोर्ट गरेको छ, र अन्य धेरै सहर र प्रान्तहरूले घटेको रिपोर्टिङ गरेका छन् । तिनीहरूको जन्म दरमा लगभग १० प्रतिशत छ । स्वास्थ्य अधिकार कार्यकर्ता लु जुन, जो अहिले न्यूयोर्कमा बस्छन्, उनले भने, कम्युनिष्ट पार्टीका नेता सी जिनपिङको नेतृत्वमा मानिसहरू बच्चा जन्माउन नचाहने हुनु एक राजनीतिक र सामाजिक परिवर्तनसँग जोडिएको समस्या हो ।

‘मानिसहरूमा बच्चाहरू पाउने पर्याप्त विश्वास छैन, किनकि चीनमा उनीहरूका लागि उज्ज्वल भविष्य हुनेछ भनेर कल्पना गर्न गाह्रो छ,’ लुले भने । लूले भने, ‘मध्यमवर्गीय धेरै युवा चिनियाँहरूले आफ्नो परिवारलाई विदेशमा राम्रो जीवन दिनको लागि देश छाडिरहेका छन्, जसले जन्मदरमा पनि प्रभाव पारेको छ ।’

अर्थशास्त्री जिन शानले आजको चीनमा पनि आर्थिक समृद्धिको आशा कमै रहेको बताए । ‘आर्थिक विकास, आन्तरिक सुधार र बाहिरी संसारका लागि खुलापन विगतको कुरा भइसकेको छ,’ जिनले भने । ‘हालका वर्षहरूमा राज्यले शक्तिको सुदृढीकरणमा धेरै ध्यान दिइएको छ ।’ (रेडियो फ्रि एसियाको वेभसाइटमा प्रकाशित संवादाताहरु चेन जि फी र ग्वो फाङको रिपोर्टमा आधारित)

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १५:५०