सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री प्रियंका कार्कीले सार्वजनीक गरिन् सासुको इन्गेजमेन्ट

पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । हिजो भ्यालेन्टाइन्स डेको मौकामा रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् । रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् ।

उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’ ‘बधाइ छ, नयाँ सुरुवात’ भन्दै अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्वीर सेयर गरेकी छिन् ।

रबिनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत छाडेर बसेकी छिन् । उनी अहिले प्रेमीसँग रमाइला क्षण बिताइरहेकी छिन् । मेगा बैंक छोडेको एक सातामै बैंकर रविना देशराज श्रेष्ठले पुष १४ गते आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् ।

सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी हुन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् । रविना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू हुन् ।

केही वर्षअगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै रविनाका श्रीमानले डिभोर्स दिएका थिए । उनले इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी भएको बताएकी थिइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १३:२३