किशोरावस्थामा पुगेपछि मानिसमा यौनइच्छा जागरुक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ ।
तर यौन सम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणहरु विद्यमान छन् । अहिले सम्मको खोजहरुको निष्कर्षमा के भनिएको छ भने पुरुषहरुको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारीको समय अनुसार फरकफरक हुन्छ ।
अनुसन्धानहरुका अनुसार महिलाको महिनावारी भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको सहज अवस्था हो भने बाँकी हप्ता उसका लागि यौन उत्तेजना उत्पन्न हुन केही असहज समय भनेर मानिन्छ ।
यसको कारक तत्व भने रागरसहरुको उत्पादन र त्यसको प्रभाव नै मानिएको छ । केही केटीहरुमा किशोरावस्थाको पूर्वावस्था (१०–१४ वर्ष) मा यौन चाहना सुषुप्त रुपमा रहन्छ भने मध्य किशोरावस्थामा (१५–१७ वर्ष) यौन चाहना पूर्ण रुपमा सक्रिय हुने हुन्छ ।
तर यही उमेरका केटीहरु भने किशोरहरुको तुलनामा केहि बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध विस्तारतिर ध्यान दिने भएकोले समाजमा केटाभन्दा केटीको यौन चाहना बढी हुन्छ भन्ने धारणा फैलिएको हो ।
हाम्रो समाजमा यस अवस्थाका केटीहरु आफनो चाहना पूर्ण रुपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरु आफनो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्ष रुपमा आफ्नो इच्छालाई अगाडी आउन दिँदैनन् ।
१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरु शृंगार सामाग्रीको प्रयोग गर्ने,समुहमा आफुलाई सबैभन्दा राम्रो देखाउने, सफासुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् ।
समय परिस्थिति र आफु बस्ने समाजको मुल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरुमा यौन चाहना फरकफरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ ।
सत्यपाटी संवाददाता । काठमाडौं