सूचनाको शक्ति - The Power Of Information

        

एसियनको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने फागुन ३ गते बुधबार अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो। यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो।

समध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन्।

सीडीएसका अनुसार फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको छ। यो मागभन्दा २१.०५७ गुणा बढी आवेदन हो।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ।

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ।

केयर नेपालले २०७९ साल असार १७ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० वैशाख १५ गतेसम्म बाहल रहनेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०९:१२