सूचनाको शक्ति - The Power Of Information

        

दिल्लीदेखि लण्डनसम्म विश्वकै लामो सबैभन्दा बस यात्रा, भाडा २४ लाख

कहिल्यै बसमा संसारभर यात्रा गर्ने सोच्नुभएको छ ? सायदै कसैको दिमागमा यस्तो कुरा आएको होला । यदि तपाईंले पनि कहिल्यै त्यस्तो सोच्नु भएको छ भने, छिट्टै तपाईंको कल्पनाले वास्तविकताको रुप पाउन सक्छ । भारत–म्यानमार सीमामा आवतजावत सामान्यमा फर्किएसँगै दिल्ली–लन्डन बस सेवा सुरु गर्ने योजना छ । यो सेवा यस वर्ष सेप्टेम्बरदेखि सुरु हुने अपेक्षा गरिएको छ ।

दिल्लीदेखि लन्डनसम्मको यो यात्रामा तपाईले कुल १८ देशको भ्रमण गर्ने मौका पाउनुहुनेछ । यो सम्पूर्ण यात्रामा करिब २० हजार किलोमिटरको यात्रा तय हुनेछ, जसलाई पूरा गर्न बसलाई करिब ७० दिन लाग्नेछ । यदि तपाईलाई पनि यो धेरै रोमाञ्चक लाग्छ भने, छिट्टै तपाईले यो यात्राको मौका पाउन सक्नुहुन्छ । तर, स्मरण रहोस्, यसका लागि तपाईले १५ लाख भारतीय रुपैयाँ (२४ लाख नेपाली) खर्च गर्नुपर्नेछ, जसमा बसको टिकट, भिसा र विभिन्न देशमा बस्ने व्यवस्था पनि समावेश छ ।

यो बस कुन–कुन देश भएर जानेछ ?

तपाईंले बसमा यात्रा गर्ने १८ देशहरूमा भारत, म्यानमार, थाइल्याण्ड, लाओस, चीन, किर्गिजस्तान, उजबेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्याण्ड, चेक गणतन्त्र, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स र बेलायत समावेश छन् । दिल्लीदेखि लण्डन बस सेवा चर्चामा आएसँगै मानिसहरूले कलकत्तादेखि लन्डन बस सेवाको बारेमा चर्चा गरिरहेका छन् जुन सन् १९७३ सम्म चलेको थियो ।

संसारको सबैभन्दा लामो मार्ग

आजभन्दा ७२ वर्षअघि कोलकातादेखि लण्डन र लन्डनदेखि अस्ट्रेलियासम्म लक्जरी बस सेवा चल्थ्यो । यो संसारको सबैभन्दा लामो बस रुट थियो । लन्डनदेखि कलकत्तासम्मको बस यात्रा ४५ दिन लाग्थ्यो । त्यसबेला यसको एकतर्फी भाडा १४५ पाउण्ड थियो। त्यो समयअनुसार यो भाडा निकै महँगो थियो । कोलकाता जाने यो बस लन्डन, बेल्जियम, पश्चिम जर्मनी, अस्ट्रिया, युगोस्लाभिया, बुल्गेरिया, टर्की, इरान, अफगानिस्तान, पश्चिम पाकिस्तान हुँदै भारत पुग्ने गर्दथ्यो ।

सबैभन्दा लामो बस यात्रा

संसारको सबैभन्दा लामो बस यात्राको रुट कभर २०,००० किलोमिटर थियो । यो बसको रुट लाहोरदेखि कलकत्ता हुँदै अमृतसर, दिल्ली, आगरा, इलाहाबाद, बनारस थियो । १९७२ मा कोलकातादेखि लन्डन बस सेवाको लागि भाडा १४५ पाउण्ड थियो। पछि यो भाडा बढ्यो, तर यो कोलकाता–लन्डन भाडामा बसको भाडा, खाना, ब्रेकफास्ट र बाटोमा होटलहरूमा बस्ने व्यवस्था थियो ।

लन्डनको बसमा सुत्ने बर्थ

कोलकाता–लण्डनका बस यात्रुहरूले सुत्ने बर्थको सुविधा पाउथे। यात्रुहरूले यात्राको क्रममा झ्यालबाट बाहिर हेर्न सक्थे । यो लन्डन बसमा सैलुन, किताब पढ्ने ठाउँ र बाहिर हेर्नको लागि विशेष बालकोनी थियो । बसको टिकटमा भारत–पाकिस्तान सीमा बन्द भएमा यात्रुलाई विमानबाट पाकिस्तान लैजाने लेखिएको थियो ।

लन्डन बस सेवाको हाइलाइटहरू

सन् १९५० को दशकमा कोलकातादेखि लन्डनसम्म यात्रा गर्न थोरै मानिसमा मात्र क्षमता थियो। बस कम्पनीहरूले यात्रुलाई राहदानी र १० वटा तस्बिर तयार राख्न भन्थे । कतिपयले भिसा आफैं लिने गर्दथे, तर बाँकी व्यवस्था पनि बस कम्पनीले गरेको थियो । कतिपय बसमा रातमा बसमै बस्ने व्यवस्था थियो भने कतिपयले होटलको कोठाको व्यवस्था गरेका थिए । यस रुटमा चल्ने बस पूर्णतया वातानुकूलित थियो, जबकि बसको ट्यागलाइन ‘यात्रामा तपाईंको घरको आराम’ थियो ।

सीमा विवादको असर

कोलकाता र लन्डनबीच चल्ने यो बसको रुट नयाँ थिएन । यो ओरिएन्टल एक्सप्रेस ट्रेक थियो । त्यसबेला लन्डनबाट कोलकाता आउन धेरै मानिसहरू यो बसमा यात्रा गर्न चाहन्थे । पछि पाकिस्तानसँगको विवाद बढेपछि अफगानिस्तान र पाकिस्तानको सिमानामा जनताले समस्या भोग्न थाले । त्यसपछि मानिसहरू यही बसबाट काबुलसम्म आइपुग्न्ने त्यहाँबाट अमृतसरको उडान भरेर रेलमा कोलकाता जान थाले ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०८:०३