सूचनाको शक्ति - The Power Of Information

        

आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे

 हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ।

राति देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०८:१५