सूचनाको शक्ति - The Power Of Information

        

‘जनयुद्ध दिवस’को बिरोध, काठमाडौंमा प्रदर्शन गरिँदै

‘जनयुद्ध दिवस’का अवसरमा सार्वजनिक बिदा दिइएपछि सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्वपीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौंमा बिरोध तथा धर्नाको आयोजना गरिएको छ ।’

‘रगतको होली खेल्ने नेपाल र नेपालीको पीडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको बिरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिवस’को बिरोध र धर्ना कार्यक्रम तय गरिएको दिक्षितले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार ०९:४१