सूचनाको शक्ति - The Power Of Information

        

१० वर्षपछि अभिनेता राजबल्लभ अभिनयमा फर्किदै

१० वर्षपछि अभिनेता राजबल्लभ कोइरालाले फिल्म “कामिनो” मार्फत अभिनयमा कम्ब्याक गरेका छन् ।

दीपक वलीको निर्देशन रहने फिल्मको निर्माण टिमले पोस्टर फेसबुकमा शेयर गर्दै राजबल्लभले लेखेका छन्, ‘दाई नेपाली फिल्ममा फेरि कहिले आउनुहुन्छ ? यो वर्ष, ‘कामिनो’सँगै ।

’अमेरिकामा बस्दै आएका उनले पछिल्लो पटक २०७० सालमा फिल्म ‘६ एकान ६’मा काम गरेका थिए ।उनले नेपाल आएर फिल्मको छायांकन गर्न लागेका होइनन् ।

ब्राजिल र उत्तर अमेरिकाको मेक्सिकोमा उनको भागको छायांकन हुनेछ । फिल्ममा प्रदीप खड्का मुख्य भुमिकामा छन् भने नायिका बर्षा शिवाकोटी पनि फिल्मको मुख्य भुमिकामा छिन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार ०९:००