सूचनाको शक्ति - The Power Of Information

        

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङमा सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लाहरुमा समेत महसुश गरिएको थियो ।

भूकम्पबाट भएकाे क्षतिकाे विवरण भने आउँन बाँकी छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार ०८:५४