सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक विदाप्रति प्रश्न

‘जनयुद्ध दिवसको विदा दिएर सरकारले के सन्देश दिन खोजेको ?’

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले जनयुद्ध दिवस मनाउन दिएको सार्वजनिक विदाप्रति प्रश्न गरेका छन् । नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’ सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार ०८:४१