सूचनाको शक्ति - The Power Of Information

        

सरकारले दियो भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् स्रोतले दिएको जानकारी अनुसार आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको थियो । माओवादीले २०५२ देखि २०६२–०६३ को जनआन्दोलनसम्म सशस्त्र संघर्ष गरेको थियो ।

सशस्त्र संघर्षको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।

यसअघि कर्णाली, वाग्मती र विभिन्न स्थानीय तहले पनि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने नाममा बिदा दिने निर्णय गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १८:१७