मास्लोको सिद्धान्त अनुसार, यौन आवश्यकताहरू खाना र पानीजस्ता आधारभूत शारीरिक आवश्यकताहरू हुन् । यौन आवश्यकताको पूर्ति खुसी र सन्तुष्ट जीवन बिताउनको लागि निकै आवश्यक छ । त्यसको पूर्ति नहुनुले पनि व्यक्तिको कार्य सम्पादनमा बाधा पुर्याउँछ ।
यौन सम्बन्ध खुसीको लागि मात्र होइन, यो आफ्नो पार्टनरलाई आफ्नो स्नेह र माया देखाउने माध्यम पनि हो । तर यौन सम्बन्धलाई रमाइलो र प्रभावकारी बनाउनको लागि यौन शक्ति हुनु आवश्यक छ । सबै व्यक्तिहरू प्राकृतिक यौन शक्ति लिएर जन्मेका हुँदैनन् वा कतिपयले उमेर बढ्दै जाँदा यौन क्षमता गुमाउँछन् ।
यौन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्थालाई बुझाउँछ । पुरुषहरूमा अपेक्षाकृतरुपमा उच्च कामवासना हुन्छ र तिनीहरू सामान्यतया चाँडै उत्तेजित पनि हुन्छन् । तर, सबैको यौन कार्यशैली एउटै हुँदैन । कतिपय पुरुषले धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । यो अवरोध धेरै कारकहरूको कारण हुनसक्छ ।
यौन शक्ति कमी हुनुका कारण
बुढ्यौली – कम यौन शक्तिको सबैभन्दा सामान्य कारण वृद्धावस्था हो । उमेरसंगै महिलाको योनीको आकार घट्छ र योनीको पर्खालहरू पातलो हुन्छन् । यस्तै पुरुषको इरेक्शन (लिंग उत्तेजना) हुन गाह्रो हुन्छ । यौन हार्मोनको स्तरमा पनि गिरावट आउन थाल्छ ।
रक्त प्रवाह कम हुनु – रक्तनलीहरू अवरुद्ध हुनु वा यौन अंगहरूमा रगत प्रवाह कम हुनुले पनि यौन शक्ति वा क्षमता कम गर्न सक्छ । जब तपाईं यौन क्रियाकलापमा संलग्न हुन खोज्नुहुन्छ तब यसले तपाईंलाई उत्तेजनाको अनुभव गर्नबाट रोक्न सक्छ ।
विभिन्न प्रकारका रोगहरु – यौन संचारित रोगहरु जस्तै मधुमेह, पिसाब नली संक्रमण, न्युराल्जिया, उच्च रक्तचाप र यौन विकार, स्खलन, इरेक्टाइल डिसफङ्शन, बढेको प्रोस्टेट ग्रन्थि आदि जस्ता केही रोगहरूले पनि तपाईंको यौन आनन्दमा बाधाको रूपमा काम गर्न सक्छ वा क्षमता घटाउन सक्छ । यसले तपाईंको यौन शक्तिलाई पनि असर गर्छ । मोटोपनले तपाईंको यौन आनन्दलाई पनि कम गर्न सक्छ ।
असामान्य यौन क्रोमोजोम – भ्रुणको प्रजनन अंगमा कुनै असामान्यता वा प्रसवको समयमा कुनै खराबीले पनि यौन समस्या निम्त्याउन सक्छ । निषेचन प्रक्रिया (फर्टिलाइजेशन प्रोसेस) का क्रममा असामान्य सेक्स क्रोमोजोमहरू पनि यौन विकारको कारण हुन सक्छ ।
तनाव – तनावले तपाईंको यौन हर्मोनमा हस्तक्षेप गर्न सक्छ र सेक्समा रुची घटाउन सक्छ । तनावले दम्पती बीच दरार पैदा गर्छ जसले उनीहरुको यौन रुची घटाउन सक्छ ।
खराब आहार – तपाईंको यौन जीवन सक्रिय बनाउन आहारको महत्वपूर्ण भुमिका रहन्छ । सन्तुलित खाना खानेहरुको यौन जीवन सक्रिय हुन्छ । तर तपाईंको आहार खराब छ भने यसले यौन जीवनमा पनि नकारात्मक असर गर्छ । खराब आहारकै कारण यौन जीवन निस्क्रिय हुनसक्छ ।
रक्सी वा निकोटिनको अधिक खपत, व्यायामको कमी – चुरोट तथा सुर्तीजन्य पदार्थ खाने, मदिरा सेवनले यौन असन्तुलन सिर्जना गर्न सक्छ । यस्तै शारीरिक व्यायामको कमीले पनि यौन जीवनमा असर गर्छ ।
कम यौन शक्ति वा यौन शक्ति गुमेका कारण निराश महसुस गर्न आवश्यक छैन । उचित उपचार, सही आहार र स्वस्थ जीवनशैली अपनाएर यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं