सूचनाको शक्ति - The Power Of Information

        

‘क्यामिनो’मा जोडीमा बाँधिदै वर्षा र प्रदीप

अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता प्रदीप खड्काले जोडी बाँध्ने पक्का भएको छ । उनीहरुले फिल्म ‘क्यामिनो’मा जोडी बाँध्ने भएका छन् । प्रदीप केही समय अघिनै फिल्मको शिर्ष भूमिकामा अनुबन्धित थिए । वर्षाले भने जवाफ दिएकी थिइनन् ।

वर्षा फिल्ममा काम गर्न राजी भएसँगै प्रदीप र वर्षाको जोडी पक्का भएको हो । फिल्मका निर्मताले एड्भेन्चर ड्रामा ‘क्यामिनो’को शिर्ष भूमिकामा लागि वर्षालाई अनुबन्धित गराएका छन् । वर्षासँग फिल्मका लागि औपचारिक सम्झौता नै भैसकेको निर्देशक दीपक वलीले जानकारी दिए ।

वर्षा र प्रदीपले पहिलो पटक अनस्क्रिन जोडी बाँध्न लागेका हुन् । यो फिल्ममा दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदल अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्ण यात्राको कथा भनिने निर्देशक वलीले जानकारी दिए । ब्राजिल र मेक्सिकोमा छायांकन फिल्मकोे पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनी भाषामा छायांकन हुने जनाइएको छ । फिल्म फागुनको अन्त्यबाट छायांकनमा जाने बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १५:१५