ठूलो हावा हुरीका कारण लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम रोकिएको छ ।
शपथग्रहण समारोहको निम्ति बनाइएको विशेष मञ्च भत्किएपछि कार्यक्रम रोकिएको बताइएको छ । हावा हुरी रोकिएपछि अर्को मञ्च बनाउने तयारी हुँदैछ ।
एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा नियुक्त मन्त्रीहरुको आज दिउँसो १ बजे शपथग्रहण कार्यक्रम थियो । कार्यक्रमअगावै चलेको हुण्डरीले टाँगिएको पाल भत्काइदिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज दिउँसो हावा चल्ने पूर्वानुमान गरेको थियो ।
सत्यपाटी संवाददाता । लुम्बिनी