नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ । आइतबार बिहान सिंहदरबारमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच भएको वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले जारी आन्दोलन स्थगित गरेका हुन् ।
वार्तामा चिकित्सक कुटिएको घटनाको एक हप्ताभित्र छानबिन गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सक प्रहरीबाट कुटिएपछि त्यसको विरोधमा संघले आज आकस्मिकबाहेक देशभरका अस्पतालको सेवा सबै ठप्प पारेको थियो । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् ।


सत्यपाटी संवाददाता । काठमाडौं