तपाई कुन दिशातिर सिरानी लगाएर सुत्नुहुन्छ ? पूर्व, पश्चिम, उत्तर या दक्षिण ? मानिसको सुताई उसको स्वाथ्यसँग सम्बन्धित हुन्छ । जब हामी दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आरामको आवश्यकता पर्छ ।
शरीरको आरामको लागि सुत्नु अति नै आवश्यक छ । तर सुताइका पनि नियम छन् । तर, खाना खानेबित्तिकै सुत्नु भने स्वास्थ्यका लागि हानिकारक छ। सुत्ने समय जहिले पनि सकारात्मक सोंच राख्नुपर्छ । हात खुट्टा धोएर राम्रोसँग पुछेर मात्र सुत्नुपर्छ ।
सुत्ने कोठामा भगवानका चित्र, या मूर्ति राख्नुलाई राम्रो मानिन्छ भने विहान घाम लाग्नुभन्दा पहिले नै उठ्नुलाई स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरान बनाउँदा हानी वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरान बनाउँदा अत्याधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ ।
शास्त्रले यसो भने पनि अहिले धेरैलाई यस्ता कुरा बेकार लाग्छन् । उनीहरू यसलाई अर्थहीन ठान्छन् । यद्यपि हाम्रा पितापूर्खाले भन्दै र अनुशरण गर्दै आएका थिए । ओछ्यान बनाउँदा सदैव पूर्व वा दक्षिण दिशातर्फ नै सिरानी बनाएर सुते । दक्षिण, उत्तर, पश्चिम, पूर्व जता सिरान बनाए पनि के हुन्छ र ? कसैलाई मतलब भएन ।
किनभने अहिलेकालाई लाग्यो यी कुरा अन्धविश्वास हुन्, पुरातन रुढी हुन्, तुक नभएका धारणा हुन् । यस्तै मानसिकताका कारण अहिलेका पुस्ताले सुत्नका लागि कसरी र कस्तो अवस्था अपनाउने भन्ने कुराको पालना गरेनन् । तापनि बूढापाकाले भन्न छाडेनन् सिरानी जहिल्यै पूर्व वा दक्षिणतर्फ नै बनाउनुपर्छ ।
यसको वैज्ञानिक पक्ष के छ ?
खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योगध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ । दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका तथा राम्रो निन्द्रा पनि पर्छ । अतः अनुभवहरूको सारका रूपमा आएका शास्त्रलाई अपनाउँदा हानी हुने देखिँदैन ।
हाम्रा हरेक धार्मिक मान्यता एवं शास्त्रीय कुरामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेजस्तै सुताइको सवालमा पनि यो कुरा लागु हुन्छ । अर्थात् सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुरामा पनि वैज्ञानिक कारण छ ।
कुन दिशातिर सिरानी राखेर सुत्दा राम्रो
पूर्व सिरानी – पूर्व दिशामा सिरानी लगाएर सुत्दा एकाग्र तथा स्मरणशक्ति बढ्ने एवं स्वास्थ्यमा समेत यसले राम्रो प्रभाव पार्ने बताइन्छ । बिशेषतः विद्यार्थीहरूलाई यस दिशामा सिरानी लगाएर सुत्नु फलदायी हुन्छ ।
पश्चिम सिरानी – पश्चिम दिशामा सिरानी लगाएर सुत्नुलाई पनि राम्रै मानिन्छ । यो दिशामा सिरानी राखेर सुत्नाले नाम, दाम तथा इनाम पाइने शास्त्रमा उल्लेख छ ।
उत्तर सिरानी – उत्तर दिशामा सिरानी गरेर सुत्दा विभिन्न विभिन्न रोग लाग्ने र समस्या आइपर्दछ। विशेष गरी मृत व्यक्तीहरूलाइ उत्तर दिशातर्फ सिरानी राखेर सुताइने गरिन्छ ।
दक्षिण सिरानी – दक्षिणपट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव हुने भएकाले यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं