सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचारजन्य क्रियाकलाप भएको थाहा पाएमा यसरी गर्नुहोस् उजुरी

‘मिलेर फालौँ भ्रष्टाचारको जालो : सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नारासहित शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवस मनाइँदैछ । यस अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

आयोगले जनसरोकारका कुनै पनि निकायमा कहीँ कतै भ्रष्टाचारजन्य क्रियाकलाप भएको थाहा पाएमा उजुरी गर्न आग्रह गरेको छ । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सम्पर्क नम्बरहरू, इमेल ठेगाना उपलब्ध गराएको छ ।

भ्रष्टाचारजन्य क्रियाकलाप भएको जानकारी भएमा आयोगको हटलाइन नम्बर–१०७, टोल फ्री नम्बर–१६६००१२२२३३, इमेल [email protected], भाइबर ९८६३३३३१११ मा उजुरी एसएमएस गरेर, फेसबुक /NepalCIAA, ट्विटर @ciaa_nepal र हुलाकमार्फत वा आयोगमा आफैँ उपस्थित भएर उजुरी गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १४:१७