सूचनाको शक्ति - The Power Of Information

        

दुध चिया कि कागती चिया ? कुन हानिकारक ?

दुध चिया र कालो (कागती) चियामा प्रमुख भिन्नता दुधको प्रयोग हुनु र नहुनु हो । दुुध चियामा चियापत्तिको प्रयोग बढी गर्नुपर्ने हुन्छ, हानिकारक हुन सक्छ । जति धेरै दुध चियाको प्रयोग गरिन्छ, त्यति नै धेरै दुधको प्रयोग हुन पुग्छ ।

फलस्वरुप अनावश्यक क्यालोरीको प्राप्ति भएर मोटोपना हुन सक्छ । चियाले मधुमेह रोगीमा सुगरको नियन्त्रण बिग्रिन सक्छ । तर त्यो भन्दा पनि नराम्रो पक्ष कोलेस्ट्रोलसँग सम्बन्धित हो । दुधमा हुने कोलेस्ट्रोलले रगतमा यसको मात्रा बढाएर शरीरलाई हानी गर्न सक्छ ।

यसको अर्थ दुध चिया स्वास्थ्यको लागि नराम्रो होइन । यसको बढी प्रयोगले हानी हुन सक्छ । अत्यधिक चिया खाए चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चाल सम्बन्धी समस्या देखा पर्न सक्छ ।

  • दुध नहालेको चिया दुध हालेको भन्दा राम्रो हुन्छ ।
  • कफीभन्दा चिया नै राम्रो हो, तर चिया पनि कम खानुपर्छ । एक दिनमा तिनदेखि चार कपभन्दा बढी खानु हुँदैन ।
  • ग्रिन टी सबैभन्दा राम्रो छनोट हुन सक्छ । यसले शरीरको तौल घटाउन मद्दत गर्छ र यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई धेरै फाइदा गर्छ ।
  • चियापत्तिभन्दा टी ब्यागले बनेको चिया राम्रो हुन्छ । टी ब्यागले बनेको चियामा बढी पोषक तत्व पाइन्छ । चियामा पाइने राम्रो पदार्थहरु चिया पकाउने क्रममा नष्ट हुन्छ । तर टी ब्यागको चियामा भएको पदार्थहरु नष्ट हुन पाउँदैन ।
  • दुधले पनि चियामा पाइने एन्टिअक्सिडेन्टलाई नष्ट गर्न सक्छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १०:२२