सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

मार्न सक्छ केवल…

हाँस्नलाई काफी हुन्छन् अन्जान ओठका मुस्कानहरू
बाँच्नलाई काफी हुन्छन् तिमीले बाँड्ने खुशीहरू ।

घायल कायल नबनाउनु बचनका छुरीले
मार्न सक्छ केवल तिमीलाई तिम्रै दुरीले ।

सुनचाँदीले पुरिए पनि, सुख सयलमा पौडे पनि,
साँचो सुख आफु मै छ जहाँ जति दौडे पनि ।

आत्मिक दुरी नबढाओस् समयको हुरीले
मार्न सक्छ केवल तिमीलाई तिम्रै दुरीले ।

मोह माया, लोभ लालचको दलदलबाट बाहिर आउ,
प्रेम, दया सद्भावको हर दिलमा दियो जलाउ ।

दिन आए मुट्ठी प्राण रोकिँदैन मुरीले
मार्न सक्छ केवल तिमीलाई तिम्रै दुरीले ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ०८:०७