सूचनाको शक्ति - The Power Of Information

        

विवाह बन्धनमा बाँधिए ‘कुमारी आमा’ निहारिका र शिवराज

‘कुमारी आमा’को उपनामले चिनिएकी निहारिका राजपूत र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरूले आज जनकपुरको जानकी मन्दिरमा विवाह गरेका हुन् । उनीहरूको सात वर्षीय छोरा छ ।

राजपूतले सुरुमा जिल्ला अदालत धनुषामा श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । अदालतले दुवैबीच प्रेम हुँदा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भन्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

त्यसपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । लामो समयदेखि श्रेष्ठविरुद्ध मुद्धा लड्दै आएकी राजपुत र श्रेष्ठबीच गत माघ १६ गते धनुषा जिल्ला अदालतमा मिलापत्र भएको थियो ।

राजुपुत र श्रेष्ठले विवाह दर्ता समेतगराइसकेका छन् । छोराको डीएनए टेस्ट गर्नुपर्ने भन्दै साउन २० गतेदेखि आमरण अनसन बसेकी थिइन् । राजपूतले गत साउन २७ गते राष्ट्रपति निवास अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १६:५६