सूचनाको शक्ति - The Power Of Information

        

असुरक्षा

बाँकेको बाल सुधार गृहमा झडप र आगजनी

स्थानान्तरण गर्ने क्रममा बालकहरूको नाम बोलाउन लागेपछि स्थिति तनावपूर्ण भएको हो ।

बाँकेको डुलुवास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालकहरूको दुई समूहबीच बिहीबार झडप भएको छ । बिहीबार दिउसो दुई समूहबिच झडप भएपछि केही बालकहरूलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा सुधार गृहभित्र आगजनी समेत भएको छ ।

नेपालगन्जबाट भक्तपुर बाल सुधार गृहमा लैजाने क्रममा राती असन्तुष्ट बालकहरूले सुधार गृहमा आगजनी गरेका हुन् । सिरक, डस्न लगायतका सामग्री रहेको सुधार गृह व्यवस्थापन पक्षले जनाएको छ । सुधार गृहमा यसअघि पनि पटक–पटक झडप हुने गरेको थियो ।

स्थानान्तरण गर्ने क्रममा बालकहरूको नाम बोलाउन लागेपछि स्थिति तनावपूर्ण भएको हो । सुधार गृहमा करिब २२५ बढी बालकहरू छन् । बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले सुधार गृहमा तत्काल के गर्ने भनेर बैठक बसेर आवश्यक निर्णय गर्न लागेको जानकारी दिइन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०९:४९